सुर्खेत– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ बचत खाताको स्किम ल्याएको छ । बैंक सुर्खेत शाखाले ग्रीन फ्युचर सेभिङ खाता खोल्ने ग्राहकको संख्याका आधारमा कागती र मोरिंगाको वृक्षारोपण गरेको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा शनिबार रामजानकी सामुदायिक वनमा बैंकले ५३ वटा विरुवा रोपेको हो ।
बैंकका सुर्खेत शाखा प्रबन्धक विक्रम थापाले ५१ वटा कागती र २ वटा मोरिंगाको रोपेको जानकारी दिए । उनका अनुसार बैंकमा ग्रीन फ्युचर सेभिङ खाता अन्तर्गत जति व्यक्तिले यो खाता खोले त्यति नै संख्यामा वृक्षारोपण गरिएको हो । यो खाता खोल्नेको संख्या ५३ रहेको छ । ग्रीन फ्युचर सेभिङ खाता खोल्नेको संख्या जति बढ्छ त्यति नै संख्यामा वृक्षारोपण गर्ने बैंकले जनाएको छ ।

कर्णाली समय । १६ मंसिर २०८०, शनिबार १८:१६