दुर्गन्ध फैलिएको भन्दै वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनमा अवरोध

सुर्खेत– वीरेन्द्रनगर १ का बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएका छन् । स्थानीयले विभिन्न माग राखी तीन दिनदेखि फोहोरका गाडीहरु सोलीघोप्टेस्थित डम्पिङ साइट प्रवेशमा रोक लगाएका हुन् ।

स्थानीयले बलभद्र पुरीको संयोजकत्वमा १०६ सदस्यीय संघर्ष समिति बनाएर आन्दोलित भएका छन् । डम्पिङ क्षेत्रका प्रभावित स्थानीयले नगरपालिकाले आफूहरुको माग सम्बोेधन नगर्दासम्म आन्दोलन चलिरहने बताएका छन् । यदि माग पुरा नभए सधैंका लागि अवरोध गर्ने उनीहरुको चेतावनी छ । फोहोरका कारण बस्तीभरी दुर्गन्ध फैलिएको संघर्ष समितिका संयोजक पुरीले जानकारी दिए ।

स्थानीयबासीले कर्णाली बसपार्क निर्माण, खेलमैदान निर्माण, हटलाइन बाटो निर्माण, खानेपानीको श्रोत संरक्षण, वडा नम्वर १ देखि १४ जोड्ने सडक स्तरोन्नति, साबिकको २ नम्बर र १ नम्बर सीमाको सडक स्तरोन्नति, विश्वविद्यालयको भवन निर्माण, रिङरोडको काम तत्काल निर्माण, नगरपालिकाका पूर्वघोषित वडास्तरीय कामहरु सुरु गनुपर्ने लगायतका माग राखेका छन् ।

स्थानीयको भेलाले नगरपालिकासंग वार्ता गर्न समिति पनि गठन गरेका छन् । वार्ता टोलीमा बलभद्र पुरी, गणेश गुरुङ, ठाकुरप्राद न्यौपाने, चन्द्रबहादुर पुलामी, महेन्द्र सुनार, देवराज विक, लालबहादुर खत्री र नरजित नेपाली रहेका छन् । वीरेन्द्रनगरमा फोहोर फाल्न रोक लगाईएपछि फोहोर थुप्रो लाग्न थालेको छ । फोहोर व्यवस्थापनमा भइरहेको अवरोध र स्थानीबासीका माग पुरा गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,