मुख्यमन्त्रीद्धारा सर्वदलीय बैठक आव्हान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्। प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गतेकाल लागि  सर्वदलीय बैठक आह्वान गरेका हुन्।

सर्वदलीय वैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेका हुन्। मुख्यमन्त्री कँडेलेको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ। कर्णाल प्रदेदेश सरकारले जेठ महिनामा नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने नितिगत व्यवस्था छ।


About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,