मध्यपहाडी यात्रा शुभारम्भ गर्दै ओलीले भने, ‘अभियानले अराजक राजनीतिलाई सही ठाउँमा ल्याउन मद्दत गर्नेछ’

सुर्खेत– नेकपा एमालेले बैतडीको झुलाघाटबाट मध्यपहाडी संकल्प यात्रा शुभारम्भ गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान झुलाघाटमा झन्डोत्तोलन गर्दै अभियानले अराजक र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । ‘जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको छौं,’ उनले भने । अभियानमा सहभागी हुन एमालेका केन्द्रीय पदाधिकारी झुलाघाट पुगिसकेका छन् ।

झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,