सुर्खेत– युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा लामो समयदेखि क्रियाशिल सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ । सुर्खेत महिला जेसीजले शुक्रबार पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३ गते शनिबार बिहान ११ बजे उद्घाटनसंगै तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ । होटल जियानामा हुने प्रतियोगिताको संयोजन सिखा सोनी र भिमा शाहीले गर्नेछन् । साउन ४ गते आइतबार अमरज्योति माविमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ । जसको संयोजन बसन्ता कार्कीले गर्नेछन् । साउन ५ गते सोमबार दिउँसो १२ः१० बजेदेखि वीरेन्द्रनगर ११ को वडा कार्यालय भवनमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रमको संयोजन जेसिसका तालिम संयोजक रितु बयलकोटीले गर्नेछन् ।
त्यस्तै, साउन ६ गते मंगलबार बिहान ७ बजे पिपलचौतारामा रक्तदान कार्यक्रम, साउन ७ गते बुधबार दिउँसो १२ः१० बजे वीरेन्द्रनगर १० को वडा कार्यालय भवनमा महिला उद्यमीहरुसंग अन्तर्क्रिया र नारी सम्मान कार्यक्रम साउन १० गते होटल जियानामा आयोजना गरिनेछ । रक्तदान कार्यक्रमको संयोजन निशा बुढा, महिला उद्यमीसंग अन्तक्र्रिया कार्यक्रमको संयोजन कान्ता लक्ष्मी कार्की र सुमित्रा चौधरी, नारी सम्मान तथा समापन कार्यक्रमको संयोजन स्वस्तिका बुढा र विजय गौतमले गर्ने सुर्खेत महिला जेसिज २०२५ की अध्यक्ष कमला बस्याल देवकोटाले जानकारी दिइन् ।
सुर्खेत महिला जेसिजले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न भावना रानालाई मूल संयोजकको जिम्मेवारी दिएको छ ।

कर्णाली समय । ३ श्रावण २०८२, शुक्रबार १८:१५