सुर्खेत महिला जेसीजले यसरी मनाउँदैछ, जेसीज सप्ताह–२०२५

सुर्खेत– युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा लामो समयदेखि क्रियाशिल सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ । सुर्खेत महिला जेसीजले शुक्रबार पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको हो ।


सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३ गते शनिबार बिहान ११ बजे उद्घाटनसंगै तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ । होटल जियानामा हुने प्रतियोगिताको संयोजन सिखा सोनी र भिमा शाहीले गर्नेछन् । साउन ४ गते आइतबार अमरज्योति माविमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछ । जसको संयोजन बसन्ता कार्कीले गर्नेछन् । साउन ५ गते सोमबार दिउँसो १२ः१० बजेदेखि वीरेन्द्रनगर ११ को वडा कार्यालय भवनमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रमको संयोजन जेसिसका तालिम संयोजक रितु बयलकोटीले गर्नेछन् ।

त्यस्तै, साउन ६ गते मंगलबार बिहान ७ बजे पिपलचौतारामा रक्तदान कार्यक्रम, साउन ७ गते बुधबार दिउँसो १२ः१० बजे वीरेन्द्रनगर १० को वडा कार्यालय भवनमा महिला उद्यमीहरुसंग अन्तर्क्रिया र नारी सम्मान कार्यक्रम साउन १० गते होटल जियानामा आयोजना गरिनेछ । रक्तदान कार्यक्रमको संयोजन निशा बुढा, महिला उद्यमीसंग अन्तक्र्रिया कार्यक्रमको संयोजन कान्ता लक्ष्मी कार्की र सुमित्रा चौधरी, नारी सम्मान तथा समापन कार्यक्रमको संयोजन स्वस्तिका बुढा र विजय गौतमले गर्ने सुर्खेत महिला जेसिज २०२५ की अध्यक्ष कमला बस्याल देवकोटाले जानकारी दिइन् ।

सुर्खेत महिला जेसिजले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न भावना रानालाई मूल संयोजकको जिम्मेवारी दिएको छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,