इनिशा मृत्यु प्रकरण : चारै जनालाई थुनामा पठाउन आदेश

सुर्खेत- जिल्ला अदालत सुर्खेतले १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेका चार जना बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालले कानूनको विवादमा परेका चारै जना बालकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।

अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ । अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरिएको हो । सुर्खेतको जनजागरण सामुदायिक वन क्षेत्रमा भएको उक्त घटनामा इनिशा बेहोस अवस्थामा फेला परेकी थिइन् भने उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान गर्दै चार जना बालकलाई नियन्त्रणमा लिएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,