मदन भण्डारी फाउन्डेशन सुर्खेतको अध्यक्षमा टेकेन्द्र बस्नेत

सुर्खेत–मदन भण्डारी फाउन्डेशन जिल्ला कमिटी सुर्खेतको अध्यक्षमा टेकेन्द्रकुमार बस्नेत चयन भएका छन् । सुर्खेतमा आइतबार सम्पन्न जल्ला भेलाले बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।


भेला फाउन्डेशनका जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य नवराज रावतको अध्यक्षता र फाउन्डेशनका केन्द्रीय सदस्य टीका विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कमिटीको उपाध्यक्ष नन्दलाल शर्मा, सचिव नेत्रलाल महतारा, कोषाध्यक्ष धनसरा सुनार चयन भएका छन् ।

सदस्यहरुमा धुपेन्द्र शाही, सन्देश थापा, डम्बर गरञ्जा, तेजप्रकाश रिमाल, रत्ना धराल, दलबहादुर खड्का, यामलाल घिमिरे, नन्दराम अधिकारी, नीरक ओली, महेन्द्र शर्मा, पदम ओली, तेजबहादुर रोकाया र मोहन विसी रहेका छन् ।

अध्यक्ष बस्नेतले जनताको बहुदलीय जनवादका प्रर्वतक जननेता स्वर्गीय मदन भण्डारीको विचारलाई स्थापित गर्ने, जनउत्तरदायी एवं अनुशासित सामाजिक राजनीतिक संगठनलाई प्रर्वद्धन गर्ने प्रतिवद्धता जनाए । विद्यार्थी राजनीतिबाट उदाएका अध्यक्ष बस्नेत एमाले सुर्खेतमा वैचारिक र कुशल संगठकका रुपमा स्थापित छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,