जाजरकोटमा चिसोबाट भूकम्पपीडित सुत्केरीको मृत्यु

सुर्खेत–भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।


उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । नलगाड ८ का वडाध्यक्ष तेजबहादुर सिंहले घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको जानकारी दिए । चदाराले छोरीको जन्म दिएकी थिइन् ।

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,