कर्णाली प्रदेश सरकारमा कांग्रेसको ‘इन्ट्री’, मन्त्रीहरुको सपथ आज

सुर्खेत– नेकपा (माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट बुधबार तीन मन्त्रीले सपथ लिँदैछन् । केन्द्रमा सत्ता समिकरण फेरबदल भएसंगै नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि कांग्रेस सरकारमा जाने बाटो खुलेको हो ।


कांग्रेस प्रदेश कार्य सम्पादन समितिको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी, सामाजिक विकासमन्त्रीमा खड्क पोखरेल र आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंहलाई नियुक्तिका लागि मुख्यमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । मन्त्रीहरुको सपथ बुधबार दिउँसो ३ बजे हुँदैछ । कर्णाली प्रदेशसभामा १४ सिटसहित कांग्रेस पहिलो दल छ । कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिमा एमालेले लिएका तीन मन्त्रालयमा कांग्रेसले लिने, अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,