सुर्खेत– कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले भूकम्प प्रभावितहरुका अस्थायी आवास निर्माणमा सहयोग गरेका छन् । नेता शाहीले जाजरकोट र रुकुम पश्चिमका लागि ११० अस्थायी आवास निर्माणमा आर्थिक सहयोग गरेका हुन् ।
उनले कर्णाली प्रदेशसभाबाट एक वर्षको पारिश्रमिकबापतको रकम भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवासमा खर्च गरेको बताए । त्यस्तै कांग्रेस प्रदेशसभा संसदीय दलको नेतासमेत रहेका उनले दलको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । पूर्व मुख्यमन्त्री शाहीले कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीसमक्ष उक्त भौचर हस्तान्तरण गरे ।


कर्णाली समय । १५ फाल्गुन २०८०, मंगलवार २१:२३