पूर्व मुख्यमन्त्री शाहीद्वारा भूकम्प पीडितको आवास निर्माणमा सहयोग

सुर्खेत– कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले भूकम्प प्रभावितहरुका अस्थायी आवास निर्माणमा सहयोग गरेका छन् । नेता शाहीले जाजरकोट र रुकुम पश्चिमका लागि ११० अस्थायी आवास निर्माणमा आर्थिक सहयोग गरेका हुन् ।


उनले कर्णाली प्रदेशसभाबाट एक वर्षको पारिश्रमिकबापतको रकम भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवासमा खर्च गरेको बताए । त्यस्तै कांग्रेस प्रदेशसभा संसदीय दलको नेतासमेत रहेका उनले दलको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । पूर्व मुख्यमन्त्री शाहीले कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीसमक्ष उक्त भौचर हस्तान्तरण गरे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,