कर्णाली प्रदेशसभाको चालू अधिवेशन सोमबार रातिदेखि अन्त्य गरिँदै

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चालू अधिवेशन प्रदेशसभाको पाँचौं अधिवेशन हो । प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार बैठकले प्रदेशसभामा किटनाशक विषादीसम्बन्धी विधेयक पेस गर्ने, असिनापीडित किसानलाई ७३ लाख बराबरको राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,