
सुर्खेत — नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का खेललाई दर्शकमाझ पुर्याउन एक्सटिम इनर्जी ड्रिंकले सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर डबलीमा फ्यान पार्क सञ्चालन गरेको छ। कर्णाली याक्सको मुख्य प्रवर्द्धकसमेत रहेको एक्सटिम इनर्जीले समर्थकलाई सामूहिक रूपमा खेल हेर्ने र आफ्नो टोलीलाई हौसला दिने अवसर प्रदान गर्न फ्यान पार्क सञ्चालनमा ल्याएको हो।
फ्यान पार्कमा एनपीएल २०२६ का सबै खेल ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने एक्सटिम इनर्जीले जनाएको छ। फ्यान पार्कमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यसबाट क्रिकेटप्रेमीले रंगशालाबाहिरै बसेर खेलको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
प्रत्यक्ष प्रसारणसँगै फ्यान पार्कमा संगीत तथा पेय पदार्थको व्यवस्था पनि गरिएको छ। समर्थकहरू एकै ठाउँमा भेला भएर खेल हेर्न, खेलाडीको प्रदर्शनमा उत्साह व्यक्त गर्न सक्नेछन्। एक्सटिम इनर्जीले फ्यान पार्कमार्फत एनपीएलप्रति दर्शकको आकर्षण बढाउने र क्रिकेट समर्थकलाई सामूहिक रूपमा खेलको आनन्द लिने वातावरण बनाउने लक्ष्य राखेको छ।
वीरेन्द्रनगरको घण्टाघर डबलीमा सञ्चालन गरिएको फ्यान पार्कले एनपीएलका खेल हेर्न चाहने स्थानीय क्रिकेटप्रेमीलाई खुला सार्वजनिक स्थलमा भेला भएर खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर दिएको छ।



कर्णाली समय । १० कार्तिक २०८३, सोमबार १७:०१