कर्णाली प्रदेशलाई बालमैत्री बनाउन ध्यानाकर्षण

सुर्खेत– कर्णाली प्रदेशका स्थानीय तहलाई बालमैत्री घोषणाका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ । बालमैत्री स्थानी शासन कार्यान्वयनको उद्देश्य सहित स्थापना भएको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।


बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले आइतबार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा. गोपिकृष्ण खनालाई ध्यानाकर्षपत्र बुझायो । मञ्चका संयोजक एवं बालमैत्री स्थानीय शासनका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अशोक खनाल सहितको टिमले प्रदेश सरकारका सचिवलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचिव डा खनालले प्रदेश सरकारले अगुवाई गरी बालमैत्री स्थानीय तह बनाउन लागि परेमा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च प्राविधिक लगायत आवश्यक सहयोगका लागि तत्पर रहेको बताउनुभयो । डा खनालले प्रदेश सरकारको आगामी नीत तथा कार्यक्रमले बालमैत्री स्थानिय शासनको अभियानलाई प्राथमिकताका साथ समेट्ने र बालबालिकाको क्षेत्रमा अधिकतम बजेट बिनियोजन गर्न पहल गर्ने प्रतिवद्धता दोहो¥याउदै संघिय सरकारमा आफु रहँदा समेत बालमैत्री स्थानिय शासनका क्षेत्रमा महत्वपूर्ण अगुवाई गरेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यले बालक्लबका पुर्व सदस्यहरुले स्थापना गरको सञ्जाल हो । सातै प्रदेशमा कार्यरत १५ वटा सदस्य संस्थाहरुको रहेको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ अनुरुप बालकोषको व्यवस्था, बालकल्याण अधिकारीको नियुक्ति, बालअधिकार संरक्षण प्रवद्र्धन तथा बालमैत्री सम्बन्धी कार्यविधि निमार्ण गर्न, प्रत्येक विद्यालयमा प्राथमिक उपचार,मनोविमर्शकर्ता र समाजसेवीको व्यवस्था गर्ने आवश्यक सहयोग गर्ने, प्रदेशमा बाल अधिकार प्रबद्र्धनका लागी प्रदेश बाल अधिकार ऐन र सोहि अनुसार कार्यन्वयनको सुनिश्चितता गर्ने, स्थानीय तहलाई बालमैत्री बनाउन बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका , २०७८ र घोषणा कार्यविधि, २०७९ ले व्यवस्था गरेअनुरुप कार्यक्रमहरुको व्यवस्था गर्ने सहजीकरण गर्ने मुख्य बुँदा छन् ।
त्यस्तै अपाङ्गता भएका नागरिकहरूको अपाङ्गता परिचय–पत्रको व्यवस्थाका साथ अपाङ्गता भएका बालबालिकाको आधारभूत आवश्यकता र शिक्षाको सुनिश्चितता गर्र्न, स्थानीय शैक्षिक संस्थाहरू सम्बन्धित अपाङ्गता भएका बालबालिकाका लागि उपयोगी नभएको अवस्थामा सम्बन्धित बालबालिकाका लागि उपयुक्त शैक्षिक संस्थामा शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्नका लागि आवश्यक नीतिगत व्यवस्था र बजेटको व्यवस्था गर्ने, विपद्, महामारीको समयमा बालबालिका, यौनीक तथा लैङ्गिक अल्पसङख्यक, किशोरी तथा अपाङ्गता भएका बालबालिका लगायत विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि विशेष संरक्षण सम्बन्धी नीति र स्रोतसाधनको व्यवस्था गरी आघात तथा विपतमैत्री सामाजिक सुरक्षाको विषय समेटिएर ज्ञापनपत्र बुझाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,