मानव अधिकार एलाइन्स बागमती प्रदेशमा नयाँ नेतृत्व

सुर्खेत– राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बागमती प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चितता सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ सम्पन्न अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो ।

प्रथम अधिवेशनले उपाध्यक्षमा केशवराज पन्त, उपाध्यक्ष कविता शाह, सचिव हरिबोल आचार्य, सहसचिव अञ्जनप्रसाद पौडेल, पार्वती घिमिरे दवाडी, कोषाध्यक्ष निर्मलकुमार उप्रेती निर्विरोध चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा सन्तोष महर्जन, सुवर्ण अधिकारी, सुनिता शर्मा, हरिप्रसाद तिमल्सिना, बिन्द्रा विक, पम्फा मगराती, प्रमिला सुवेदी, दावा छिरिङ लामा रहेका छन् । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गरेका थिए ।