मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएको सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।

आज सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्‌घाटन गर्दै नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको भएपनि अहिलेको देशको आर्थिक अवस्थाले गर्दा सबै कुराहरु पुरा गर्ने अवस्थामा सरकार नरहेको मुख्यमन्त्री कडेलले बताए । सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक परा गर्ने अवस्थामा पुराउन समय लाग्छ, त्यसतर्फ सरकार गगेको मुख्यमन्त्री कडेलले उल्लेख गरे ।

देश हामी सबैको भएकाले हामी सबै मिलेर देशको आर्थिक अवस्था सुधार गर्ने र देशमा नै रोजगारीको सिर्जना गर्ने काममा लाग्नु पर्ने दायित्व हामी सबैको भएको मुख्यमन्त्री कडेलको भनाई थियो । देशको विकास सरकारले एक्लैले भन्दा पनि निजी क्षेत्र सहित सबै मिलेर गर्नु पर्छ । प्रदेश सरकार जिम्मेवारीका साथ शिक्षा क्षेत्रको विकासमा लागेको छ त्यसमा निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक भुमिका खेल्नुपर्ने मुख्यमन्त्री कडेलको भनाई थियो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रिय अध्यक्ष सहित शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,