हुम्लाको सर्केगाडमा सञ्चार सुविधा पु¥याउन वाइसिएल नेता शाहीको ध्यानाकर्षण

हुम्ला– हुम्लाका अन्य क्षेत्रमा नेपाल टेलिकमले फोरजीसहितको सेवा पु¥याइरहेका बेला सर्केगाड गाउँपालिका भने सञ्चार सम्पर्कविहिन बन्न पुगेको छ । सर्केगाडबासी हप्तौंसम्म सञ्चार सम्पर्कविहिन बनेपछि माओवादी केन्द्र निकट वाइसिएलका नेता लोकेन्द्र शाहीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।


सर्केगाड गाउँपालिकाका वडा नं ४, ५ र ६ वडामा मोबाइल फोन गर्न नागरिकहरु टाढा–टाढा जानुपर्ने बाध्यता छ । “सञ्चार सुविधा नागरिकको मौलिक हक हो, तर सर्केगाडबासीलाई मोबाइल फोन गर्नै सास्ती भोग्नुपरेको छ,” वाइसिएल केन्द्रीय सदस्य शाहीले भन्नुभयो, “अहिलेको जमानामा सञ्चार नेटवर्क खोज्दै दुई अढाई घण्टा हिँडेर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ ।”

साथै उहाँले स्थानीय जनप्रतिनिधिका साथै प्रदेश र संघीय सांसदहरुले सर्केगाडबासीलाई सञ्चारको सुविधा पु¥याउन विशेष चासो दिनुपर्ने जोड दिनुभयो । उहाँले यस विषयमा काठमाडौं पुगेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकमको केन्द्रीय कार्यालय लगायतको ध्यानाकर्षण गराउने बताउनुभयो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,