निजामति सहिदको स्मृतिमा सुर्खेतमा रक्तदान

सुर्खेत– नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सुर्खेतले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति परिसरमा शनिबार आयोजित कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।

संगठनले साउन ९ देखि १५ गतेसम्म साताव्यापी कार्यक्रममार्फत निजामति सहिदहरुको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा संगठन कर्णाली प्रदेश ईनचार्ज तथा सेवानिवृत राष्ट्रसेवक संघका राष्ट्रिय समिति संयोजक प्रयागराज शर्मा र संगठनका केन्द्रीय सल्लाहकार मोहन गिरीले सहिद दिवसको सान्दर्भिकताबारे चर्चा गरेका थिए । कार्यक्रममा संगठन केन्द्रीय सदस्य शंकर भट्टराई र प्रकाश शर्मा अधिकारी, प्रदेश महासचिव राजेश आचार्य, सचिव राजेन्द्र पोखरेल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष अमर राना, उपाध्यक्ष सन्तोष बुढा, जिल्ला अध्यक्ष हस्तराज गिरी, पेशागत महासंघ नेपाल सुर्खेतका सचिव रेशम रेग्मी र राष्ट्रसेवक बहुद्देश्यीय सहकारी संस्था सुर्खेतका अध्यक्ष चन्द्रप्रकाश कँडेल लगायतको उपस्थिति रहेको थियो ।

संगठनका जिल्ला अध्यक्ष हेमन्त चुनाराको अध्यक्षता, उपाध्यक्ष उत्तम अधिकारीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सचिव धर्मराज पौडेलले गरेका थिए ।
कार्यक्रममा रक्तदाताहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो । संगठनका अध्यक्ष चुनाराले सहिद सप्ताहको अन्तिम दिन तथा सहिद दिवस (साउन १५) मा वीरेन्द्रनगर १२ स्थित मानव सेवा आश्रममा भोजन गराउने कार्यक्रम रहेको जानकारी दिए ।

पेशागत आन्दोलनको क्रममा सरकार पक्षबाट २०४७ सालमा खोटाङमा मनोज जोशी, २०४८ सालमा कास्कीमा झपेन्द्र कार्की र २०६४ सालमा सेवा क्षेत्रमा रहेकै अवस्थामा मुगुमा अज्ञात समुहबाट सुरेन्द्र विकको हत्या भएको थियो । तीनै नेपालको पेशागत आन्दोलनका पक्षधर तथा अगुवाहरुको स्मरण तथा सम्मानमा २०४८ सालदेखि निजामती कर्मचारीहरुको पहिलो आधिकारिक ट्रेड युनियन संस्था नेपाल निजामती कर्मचारी संगठनले वर्षेनि साउन १५ गते सहिद दिवसको रुपमा मनाउँदै आएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,