निजामति कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन कडाई

सुर्खेत– कर्णाली प्रदेशसभामा दोस्रो पटक प्रदेश निजामती सेवासम्बन्धी विधेयक पेश गरिएको छ । उक्त विधेयक प्रदेशसभाको पहिलो कार्यकालमा पनि पेश गरिएको थियो । पारित हुन ढिलाइले प्रदेशसभाको कार्यकाल सकिएसंगै विधेयक निष्क्रिय बनेको थियो ।


प्रदेशसभाको विहीबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गरेका हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा उक्त विधेयकमाथि संसदमा छलफल हुनुका साथै दफावार छलफलका लागि विषयगत समितिमा समेत पठाइएको थियो । तर कार्यकाल सकिँदासम्म पारित हुन नसकेपछि विधेयक अन्ततः निष्क्रिय बन्यो ।

प्रस्तावित विधेयकमा प्रदेश इन्जिनियरिङ्ग सेवा, कृषि सेवा, न्याय सेवा, प्रशासन सेवा, वन सेवा, विविध सेवा, शिक्षा सेवा,स्वास्थ्य सेवासम्बन्धी व्यवस्थाहरू समावेश गरिएको छ । प्रदेश निजामती सेवाको दरबन्दी सिर्जना तथा दरबन्दीको व्यवस्था, पदपूर्तिसम्बन्धी विशेष व्यवस्था समेत समेटिएको छ ।

प्रदेश निजामती सेवामा पनि समावेशी पदपूर्तिलाई सुनिश्चित गरिएको छ । खुला प्रतियोगिताबाट पदपूर्ति हुनेमध्ये ४५ प्रतिशत समावेशीका लागि छुट्याइएको छ । सो प्रतिशतलाई शतप्रतिशत मानेर प्रत्येक समूहमा ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गरिएको हो । खसआर्य समुदायका लागि ४५ प्रतिशत, दलितलाई २२ प्रतिशत, आदिवासी जनजातिलाई १२ प्रतिशत आरक्षण दिएर पिछडिएको क्षेत्रलाई १० प्रतिशत, अपाङ्गता भएका व्यक्तिलाई ५ प्रतिशत छुट्याइएको छ । त्यसबाहेक बेपत्ता, सहिद, अमर प्रहरी परिवारका सदस्यका तथा मधेशी तथा मुश्लिम र थारु समुदायका लागि २/२ प्रतिशत छुट्टाइएको छ ।

प्रस्तावित विधेयकमा प्रदेश सरकारको सचिवमा प्रदेश निजामती सेवाको एघारौँ तहको कर्मचारी रहनेछन् । पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले पद संख्या निर्धारण गरी विज्ञापन गर्ने विधेयकमा उल्लेख छ । प्रदेश निजामती कर्मचारीको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थामा कर्मचारी सेवा गर्ने अधिकार विभिन्न अख्तियारवालालाई दिइएको छ । अधिकृतस्तर एघारौँ तह वा सो सरहका कर्मचारीलाई प्रदेश सरकारले, एक मन्त्रालय अन्तर्गत अर्को मन्त्रालयको कार्यालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले र स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको सरुवा प्रमुख सचिवले तथा कार्यालय प्रमुखको मन्त्रिपरिषद्को कार्यालयको सहमति लिई सम्बन्धित मन्त्रालयले गर्ने उल्लेख छ ।

प्रदेश निजामती सेवाको कर्मचारीले ६० वर्ष उमेर पूरा भए पछि अनिवार्य अवकाश पाउनेछन् भने ५० वर्ष पूरा भएका निजामती कर्मचारीले स्वच्छिक अवकाश लिन सक्ने छन् । प्रदेश निजामती कर्मचारीले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने, राजनीतिक दल वा संगठनको सदस्यता लिन नपाउने, राजनीतिक गतिविधिमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,