सुर्खेत-आरङ्ग नेपाल सुर्खेतको नाट्य प्रस्तुति “सती कलसा” काठमाडौंमा प्रर्दशन भएको छ । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औं जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवको पहिलो दिन उक्त नाटक प्रर्दशन गरिएको हो ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा सहभागी देशभरबाट ३२ नाट्य समूहले भाग लिएका छन् । महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
“सती कलसा” नाटक मध्यपश्चिम क्षेत्रमा दुर्लभ लोकगाथा धमारीमा आधारित छ । गणेश गौतमको लेखन, याम नारायण आर्चाय निर्देशक रहेको नाटकमा कलाकारहरु उमालाल आचार्य, यामनारायण आचार्य, माया थापा, हरिहर ढकाल, चन्द्र मन्दिर, खुमलाल न्यौपाने, निर्मल प्याकुरेल, मोहन परियार, लक्ष्मी गिरी र कृतका खरेल राकेश पौडेल, भरत शाही, कमल परियार लगायतको अभिनय थियो । नाटकमा रंगमञ्चन परिकल्पना विशाल केसीको रहेको थियो ।
नाटकमा सल्लाहकारका रुपमा प्राध्यापक डा. जिवेन्द्रदेव गिरी र प्रेमदेव गिरी रहेका थिए भने संगित गंगा केसीको रहेको थियो । शुत्रधार एवं मुख्य व्यवस्थापकमा प्रकाश पौडेल, कोरियोग्राफर चन्द्र मन्दिर, व्यवस्थापक राकेश पौडेल (तिलक) रहेकोे नाटकमा कवि गिरी र सुनिता रोकायको स्वर रहेको थियो ।
कर्णाली समय । ३१ भाद्र २०८१, सोमबार १४:०३