कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पायो, शाहले लिएनन् शपथ

सुर्खेत–कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार आफ्नो दल नेकपा एमाले र सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका नेताहरुलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिए । मुख्यमन्त्रीले एमालेबाट राज्यमन्त्रीसहित ३ र माओवादीका ३ गरी ६ जनालाई नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारीमा विनोदकुमार शाह र भौतिक पूर्वाधार राज्यमन्त्रीमा गमता विक नियुक्त भए । त्यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा बिरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत र उर्जा तथा जलस्रोतमा रणसिंह परियार नियुक्त भएका छन् ।

मंगलबार नियुक्त भएका एमालेका विनोदकुमार शाहले भने शपथ लिएनन् । रोजेको मन्त्रालय नपाएको र वरियता मिचिएको भन्दै उनी शपथ लिन तयार नभएको निकट स्रोतले बतायो । गत वर्ष प्रदेशसभा निर्वाचनपछि बनेको राजकुमार शर्मा नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारमा शाह आर्थिक मामिला तथा योजनामन्त्री थिए । पछि माओवादी– कांग्रेस गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

मुख्यमन्त्री कँडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय आफै राखेका छन् । शपथ लिएका मन्त्रीहरुले मंगलबार पदभार ग्रहण गरिसकेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,