कर्णाली प्रदेशसभा ः बल्ल बन्यो कार्य व्यवस्था परामर्श समिति

सुर्खेत–कर्णाली प्रदेशसभा बैठक सञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रदेशसभाको आइतबार बसेको १३ औं बैठकमा सभामुख नन्दा गुरुङले ९ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको जानकारी दिनुभयो ।


सभामुखको नेतृत्वमा गठन हुने समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्ट, एमालेका प्रमुख सचेतक टेकराज पछाई, माओवादी केन्द्रका प्रमुख सचेतक रणसिं परियार हुनुहुन्छ । त्यस्तै, नेकपा (एकिकृत समाजवादी) का कल्यानी खड्का, राप्रपाका सन्तोसी शाही र स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाही समिति सदस्य हुनुहुन्छ । समितिमा उपसभामुख र आन्तरिक मामिला तथा कानुनीमन्त्री पदेन सदस्य रहने प्रावधान छ । उपसभामुख यशोदा न्यौपाने र कानूनमन्त्री कृष्ण जिसी हुनुहुन्छ ।

संसदमा कार्य व्यवस्था परामर्श समितिलाई सभामुखको सल्लाहकारका रुपमा लिने गरिन्छ । समितिले प्रदेशसभाको बैठकमा पेश हुने कार्यसूचीहरुको निर्धारण, प्राथमिकता तथा समयावधि निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने र सभामुखले आवश्यक अन्य विषयमा परामर्श दिने काम गर्दछ । समितिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यहरु समितिमा रहने व्यवस्था छ । कर्णाली प्रदेशसभा नियमावली २०७९ ले बढीमा ११ जना सदस्य रहने व्यवस्था गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,