निजी क्षेत्रको सहयोग बिना कर्णालीको समृद्धि सम्भव छैन् : मुख्यमन्त्री शर्मा

सुर्खेत–कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य समस्या गरिबी न्यूनीकरण गर्न निजी क्षेत्रको सहयोग जरुरी रहेको बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले कर्णालीको समृद्धिका लागि सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय हुनुपर्ने बताएका हुन् ।


आयातलाई प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्ने उनले बताए । ‘कर्णालीमा वन पैदावरर कृषिको प्रचुर सम्भावना छ, उनले भने, ‘एक्लाएक्लै होइन मिलेर विकास, समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ, निजी क्षेत्रलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशका व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार सकारात्मक रहेको र व्यवसायीकै सुझावका आधारमा लगानीमैत्री वातावरण बन्दै गइरहेको बताए ।

कर्णाली प्रदेशसभा विपक्षी दलका नेता यामलाल कँडेलले विकास निर्माणमा सबैको साथ आवश्यक रहेको बताए । अहिले विकासका नाममा व्यक्तिकेन्द्रित हुने परिपाटी हावी भएको उल्लेख गर्दै उनले भने, ‘विकास गर्ने नभई खाने प्रवृतिले कर्णालीको विकास हुँदैन्, अहिले मुख्य समस्या नै यही देखिएको छ ।’ सुर्खेतका व्यवसायीको समस्या समाधान गर्न आफू र आफ्नो दल तत्पर रहेको उनको भनाई थियो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण विसीले कर्णालीलाई लगानीमैत्री बनाउन सरकारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको धारणा राखे ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख बाबुराम कोइरालाले अर्थतन्त्र विस्तारै सुधार हँुदै गएको विचार व्यक्त गरे । उनले व्यवसायी र बैंकहरुबीचको सहकार्य आवश्यक रहेको भन्दै अब व्यवसायीका समस्या विस्तारै समाधान हुने विश्वास जनाए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सम्रग सुर्खेतको विकासको लागि तिनै तहका सरकार र निजीक्षेत्र बीच हातेमालो हुन आवश्यक रहेको औंल्याइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले निजी क्षेत्र बलियो भयो भने मात्रै अर्थतन्त्र चलायमान हुने भएकाले सरकारको ध्यान त्यसर्तफ जान जरुरी रहेको बताए । नेपाल उधोग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले बैंकको चर्को ब्याजदरकै कारण व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए । शुरुमा कर्जा लगानी गर्दा ८ प्रतिशतमा आफुहरुले लिएको तर १६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्थाकै कारण व्यवसायीहरु मारमा परेको उनको भनाई थियो ।

साधारणसभामा व्यवसायीले तरलता अभाव तथा बढ्दो बैकिङ्ग व्याजका कारण निजी क्षेत्रका व्यवसायीहरु समस्यामा परेको गुनासो गरेका थिए । अहिलेको अवस्थामा व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको भन्दै बैंकले ताकेता नगरी केही समयका लागि सहुलियत दिन आग्रह गरेका थिए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले अर्थतन्त्रमा देखिएको समस्याको कारण समग्र निजी क्षेत्र निराशाजनक अवस्थामा रहेको बताए ।
पत्रकार विसी सम्मानित


विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल मधुवन विसी सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट सुर्खेतको आर्थिक विकास र समृद्धिका लागि अतुलनीय योगदान पु¥याएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले शनिबार सम्मानित गरेको हो । संघको ४० औंँ वार्षिक साधारणसभामा विसीलाई नगदसहित सम्मान गरिएको हो । नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष रहेका विसी रेडियो भेरी एफएममा कार्यरत छन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,