सत्ताका लागि एमालेको दिल्ली धाउने बानी छैन् : शंकर पोखरेल

सुर्खेत– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नभएको बताएका छन् । सुर्खेतमा बुधबार एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागद्धारा आयोजित ‘कफीका कुरा’ कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई संकेत गर्दै यस्तो बताएका हुन् ।


‘कोही पार्टीका अध्यक्षहरु सत्ताकै लागि दिल्ली कतिपटक धाउने रहेछन्, त्यो कुरा सबैलाई जगजाहेरै छ, तर हाम्रो त्यस्तो बानी छैन्, महासचिव पोखरेलले भने, मुलुकभित्रकै प्रमूख शक्तिहरुको सहकार्यमा सरकार गठन गर्ने एमालेको प्राथमिकता हो, मुलुककै प्रमुख शक्ति एमाले भएकाले त्यसमाथि सबै मिलेर प्रहार गर्ने काम भयो ।’

कर्णालीको मुख्यमन्त्रीको दाबी एमालेले किन नगरेको भन्ने पत्रकारको प्रश्नमा उनले सत्यता नभएको जिकिर गरे । एमालेले दाबी गरेपनि माओवादी केन्द्रको अडानका कारण आफूहरु पछि हटेको उनको भनाई थियो । महासचिव पोखरेलले राष्ट्रिय राजनीतिमा देखिएको समीकरणमा प्रमुख पार्टी मिल्नुपर्छ भन्नेमा एमाले स्पष्ट रहेका बताए । उनले भने, ‘सत्ता सहकार्यका लागि कांग्रेस र माओवादी दुबैलाई एमालेले प्रस्ताव राखेको हो, तर सुरुमा बालकोट प्रचण्ड आफैँ आएकाले कांग्रेससँग सहकार्य नभएको हो, कांग्रेससँग सहकार्य नगर्ने भन्ने पार्टीको धारणा होइन् ।’

महासचिव पोखरेलले अहिलेको सरकारबाट सुशासनको कल्पनासमेत गर्न नसकिने बताए । नक्कली भुटानी शरणार्थीको मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु गरिएको उनको आरोप थियो । गठबन्धन भित्रकै दलहरु फस्ने भएपछि पशुपतिको जलहरी काण्ड ल्याइएको बताए । उनले भने, ‘जलहरीका लागि सरकारले अनुदान मात्र ३० करोड दिएको हो, खर्च अर्बौं भएको छ, पशुपति विकास कोषबाट काम भएको थियो, संसदको रोष्टमबाट सुन नभई पित्तल हो भनियो, आँखिर प्रमाणित भएन, पछि विस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदोरहेछ भन्ने धन्दा बाहिर आयो, धर्मिक आस्था भएको स्थानको सुनको जलहरी निकासले जोख्ने काम गरियो, आरोप लगाउने ती सांसद कति झुट रहेछन् भन्ने कुरा प्रमाणित भयो ।’

उनले सुन काण्ड र ललिता निवास मुद्दामा अनुसन्धानमा नाउमा नाटक मञ्चन गरिएको बताए । महासचिव पोखरेलसंग कफीका कुरामा सुर्खेतस्थित पत्रकारहरुले पार्टी नेतृत्वले कर्णालीलाई उपेक्षा गरेको, महिलालाई सार्वजनिक मञ्चमा स्थान नदिने गरेको लगायतका विषयमा प्रश्न एवं सुझाव दिएका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,