शुक्रबार कांक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुने

सुर्खेत–वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा यही शुक्रबार (असार १३ गते) कांक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सवका साथै युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन, विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रर्दशनी समेत हुने वडा कार्यालयले जनाएको छ ।

सम्मेलनमा कांक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक अध्ययनमा आधारित कार्यपत्र प्रस्तुति तथा टिप्पणी, कांक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिता, सपनाको कांक्रेविहार शिर्षकमा चित्रकला प्रतियोगिता र स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता सञ्चालन हुनेछ । वक्तृत्वकलामा कक्षा ९ देखि १२, चित्रकलामा कक्षा ६ देखि ८ र नृत्य प्रतियोगितामा कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीले भाग लिनेछन् ।

वडाध्यक्ष ऋषि गिरीले महोत्सवमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए । वीरेन्द्रनगर ९ स्थित संरक्षित वन क्षेत्रमा रहेको कांक्रेविहार पुरातात्विक र ऐतिहासिक सम्पदा हो । यो सुर्खेतको मात्र नभई कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलमा पर्दछ ।

कांक्रेविहारको बेजोड कलाकृति, ऐतिहासिकता, पुरातात्विक पक्ष लगायतका बारेमा थप खोज अनुसन्धान र प्रर्वद्धन जरुरी रहेकाले महोत्सव आयोजना गरिएको वडाध्यक्ष गिरीले बताए । महोत्सव कांक्रेविहार परिसरमा सञ्चालन हुनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,