सुर्खेतमा पुरुष यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत– यही जेठ १९ देखि ३१ गतेसम्म यु १६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा वीरेन्द्रनगर क्रिकेट मैदान र कालिञ्चोक क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो ।


क्यानका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले एसियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार आगामी जुनमा सञ्चालन हुने एसीसी पुरुष यु १६ इस्ट जोन कप २०२५ क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय टिम छनौटका लागि प्रतियोगिता हुन थालेको बताए । खेलमा सात प्रदेशको प्रतिष्पर्धा हुनेछ । लिग संस्करणमा २१ खेल खेलाइनेछ ।

क्यानले सुर्खेतमा आयोजना गरिने राष्ट्रियस्तरको प्रतियोगिताले कर्णालीको क्रिकेटको विकासका साथै आर्थिक विकासमा टेवा पुग्ने दाबी गरेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ९० लाख खर्च हुने बताइएको छ ।