१४ किलो ७६० ग्राम अफिमसहित दुई जना पक्राउ

तस्बिर : एआई

सुर्खेत- लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र शाखा कार्यालय नेपालगन्जको संयुक्त टोलीले १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र रुकुम पश्चिम घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–६ मा बस्दै आएका ६० वर्षीय टोपजङ गिरी रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले बुढालाई भदौ १ गते साँझ करिब ७ः३० बजे बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराह नजिकबाट पक्राउ गरेको हो। उनको शरीर खानतलासी गर्दा साथमा रहेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो अफिम र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

बुढामाथि सोधपुछ गर्दा थप अफिम कोहलपुर नगरपालिका–६ मा डेरा गरी बस्ने टोपजङ गिरीको कोठामा लुकाएर राखेको बताएपछि प्रहरीले उनलाई समेत साथमा लिएर गिरीको डेरामा पुगेको थियो। प्रहरीका अनुसार गिरीको कोठामा रहेको फ्रिजभित्र लुकाएर राखिएको अवस्थामा थप १३ किलो ७६० ग्राम अफिम बरामद भएको हो। सोही क्रममा एक थान मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई बरामद भएको अफिम, मोबाइल र डिजिटल तराजुसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाएको छ। प्रहरीले पक्राउ गर्ने क्रममा आवश्यक सुरक्षा सावधानी अपनाउँदै एक राउण्ड हवाई फायरसमेत गरेको जनाएको छ। बरामद भएको अफिम कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,