सुर्खेत- वीरेन्द्रनगर १ नं वडा कार्यालयको आयोजनामा धारापानी-गढी पर्यटकीय पैदल मार्ग दौड प्रतियोगिता सम्पन्न भएको छ । वडाभित्रका १४ वटै टोल विकास संस्था र गौरी डेरी उद्योगको समन्वयमा भएको दौड प्रतियोगिता शनिबार बिहान ६ बजेदेखि दोबाटोचौरबाट सुरु भई गढीमा समापन भएको थियो ।
दौड प्रतियोगितामा पुरुषतर्फ युवराज कँडेल प्रथम, नारायण जिसी दोस्रो, मनोज सिञ्जाली तेस्रो र विनोदकुमार बस्नेत चौथो स्थान हासिल गरे भने महिलातर्फ सिर्जना काफ्ले प्रथम हुँदा मुगा मगर दोस्रो, लक्ष्मी कँडेल तेस्रो र पिंकी खड्का चौथो स्थान हासिल गरे ।
वडाध्यक्ष दिनेश खत्रीले वीरेन्द्रनगर १ को धारापानी र वीरेन्द्रनगर १४ को गढी पर्यटकीय मार्ग भएकाले यसको प्रर्वद्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता सञ्चालन गरेको बताए । ‘स्वास्थ्य र पर्यटनलाई जोड्न दौड प्रतियोगिता आयोजना गरेका हौं, उनले भने ।

कर्णाली समय । ३२ जेष्ठ २०८२, शनिबार १७:३७