धारापानी-गढी दौड प्रतियोगिता सम्पन्न

सुर्खेत- वीरेन्द्रनगर १ नं वडा कार्यालयको आयोजनामा धारापानी-गढी पर्यटकीय पैदल मार्ग दौड प्रतियोगिता सम्पन्न भएको छ । वडाभित्रका १४ वटै टोल विकास संस्था र गौरी डेरी उद्योगको समन्वयमा भएको दौड प्रतियोगिता शनिबार बिहान ६ बजेदेखि दोबाटोचौरबाट सुरु भई गढीमा समापन भएको थियो ।

दौड प्रतियोगितामा पुरुषतर्फ युवराज कँडेल प्रथम, नारायण जिसी दोस्रो, मनोज सिञ्जाली तेस्रो र विनोदकुमार बस्नेत चौथो स्थान हासिल गरे भने महिलातर्फ सिर्जना काफ्ले प्रथम हुँदा मुगा मगर दोस्रो, लक्ष्मी कँडेल तेस्रो र पिंकी खड्का चौथो स्थान हासिल गरे ।

वडाध्यक्ष दिनेश खत्रीले वीरेन्द्रनगर १ को धारापानी र वीरेन्द्रनगर १४ को गढी पर्यटकीय मार्ग भएकाले यसको प्रर्वद्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता सञ्चालन गरेको बताए । ‘स्वास्थ्य र पर्यटनलाई जोड्न दौड प्रतियोगिता आयोजना गरेका हौं, उनले भने ।

 

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,