उपप्रधानमन्त्री सिंह भन्छन्- ‘पार्टी सभापतिमा उम्मेदवारी दिन्छु’

सुर्खेत– कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी १५ औं आफू पनि पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । ‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ, यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’ पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्ने उनको भनाई छ ।

महाधिवेशनलाई पार्टी बलियो बनाउने अवसरका रुपमा लिनुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले सरकार छिटो छिटो परिवर्तन हुँदा जनतामा निराशा बढेपछि बाध्य भएर दुई ठूला दल मिल्नुपरेको दाबी गरे । दिगो आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधन गर्ने उद्देश्यका साथ वर्तमान सरकार बनेको प्रष्ट पारे ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,