मोहटीको सामुदायिक माविमा शुद्ध पिउनेपानी र बालमैत्री शौचालय

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्, बिनिता शाही । घरबाट करिब आधा घण्टाको पैदल दुरीमा छ, स्कुल । तैपनि बिनितालाई स्कुल जानै मन लाग्दैन्थ्यो, अभिभावकले कर गरेपछि मात्र जान बाध्य हुन्थिन ।

खानेपानीको समस्याको समस्याले मोहटीका विद्यार्थीको पढाइ अनियमित बन्न पुगेको थियो भन्दा सामान्य लाग्न सक्छ । तर यो वास्तविकता हो । तिर्खा लागे पानी पिउन फेरी ४५ मिनेटको दुरीमा पैदल हिँड्नुपथ्र्यो । तर अहिले यो समस्या हटेको छ । घरबाट बोतलमा ल्याएको पानीले दिनभरी नपुग्ने हुँदा उनलाई पानीकै पिरलो थियो ।

“कहिलेकाहीँ त पानी खान जाँदा आधा पढाइ नै छुट्थ्यो, तर अहिले विद्यालयमा बालमैत्री धारा बनेका छन्, उनले भनिन्, हामीले जति बेला पनि विद्यालयमै शुद्ध पिउने पानी पाएका छौं ।” बिनिताजस्तै त्यहाँ अध्ययनरत विद्यार्थी र शिक्षकको साझा समस्या थियो खानेपानी । अब घरबाटै पलाष्टिकका बोतलमा पानी भरेर ल्याउनुपर्ने, पानी लिन स्कूलदेखि आधा घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । कक्षा ९ मा अध्यायनरत नविन मिजारले शुद्ध पिउने पानी र आधुनिक शौचालयले विद्यालयमा पढाइको वातावरण राम्रो बनेको बताए । यसले गर्दा विद्यार्थीहरु खुसी देखिएका छन् । यसअघि महिलामैत्री शौचालय नहुँदा र पानीको अभावले छात्राहरु महिनावारी हुँदा विद्यालय आउन मान्दैन्थे । “बालमैत्री स्वच्छ खानेपानी धारा र छात्र छात्रा शौचालयले विद्यार्थीको मुहारमा खुसी ल्याएको छ, दुई महिना अघि र पछि विद्यालयमा विद्यार्थीको नियमिततामा धेरै सुधार छ, प्रधानाध्यापक भीमबहादुर रावतले भने, “बालमैत्री धारा र शौचालय निर्माण गरिदिँदा विद्यार्थीको नियमितता ह्वात्तै बढेको छ ।’

भेरीगंगा नगरपालिकाको समन्वयमा केएनएफआईडी नेपालले विद्यालयमा शुद्ध पिउने पानी र बालमैत्री शौचालय निर्माण गरेको हो । केएनएफआईडी ७५ मिटर बोरिङ खनेर १३ लाख लागतमा शुद्ध पानी निकालेको हो । उक्त पानीको ल्याब परीक्षण समेत गरिएको थियो । ९ लाखको लागतमा सुविधायुक्त बालमैत्री शौचालय पनि निर्माण भएको छ ।

भेरीगंगा वडा नं. २ को सामुदायिक माविमा मात्र होइन, वडा नं. ४ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पनि २२ लाखको लागतमा बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिएको छ । भेरीगंगाका नगर प्रमुख यज्ञप्रसाद ढकालले वडा नं. २ को सामुदायिक माविमा निर्माण भएका बालमैत्री धारा र शौचालय सोमबार उद्घाटन गरे । केएनएफआईडीका निर्देशक नारायण गिरीले कर्णालीका विभिन्न जिल्लामा बालमैत्री धारा, शौचालय निर्माणका साथै अन्य सरसफाइका कार्यक्रमहरु भइरहेको जनाए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,