अदालत धाउँदै राउटे !

सुर्खेत– फिरन्ते राउटे समुदायका अनेकौं विशेषतामध्ये एक हो, अड्डा अदालतप्रति विश्वास नगर्नू । आधुनिक जीवनशैलीदेखि निकै टाढा रहेका उनीहरु आम मानिसजस्तो प्रशासनिक पहुँचमा पनि छैनन् ।

फाइल फोटो

यो समुदायको आफ्नै न्याय प्रणाली छ । तर राउटे समुदायमाथि यस्तो परिस्थिति सिर्जना भयो, जसले अदालत धाउन बाध्य बनायो । घटना हो, २०८१ बैशाख २० गते गुराँस गाउँपालिका २ तल्लो डुंगेश्वरमा राउटे समुदायका सुरेन्द्रबहादुर शाहीकी २ वर्षीया छोरी जामुने शाहीलाई ट्रकले ठक्कर दियो । राउटे मुखियाले ट्रक चालक बल रावत विरुद्ध जिल्ला अदालत दैलेखमा मुद्दा दायर गरे । अन्ततः जिल्ला अदालतले चालक रावतलाई धरौटीमा छाड्ने आदेश सुनायो ।

जिल्ला सरकारी वकिल कार्यालयले असार २० गते पुनरावेदन गरेपछि यतिबेला राउटे मुखिया बीरबहादुर शाही उच्च अदालत सुर्खेत धाइरहेका छन् । विपक्षी (चालक) तर्फका कानुन व्यवसायीको आग्रहमा अदालतले केही दिनलाई पेशी सारेको छ । दैलेख प्रहरीका अनुसार राउटे आफैले दायर गरेको यो पहिलो उजुरी हो ।

२०७९ माघमा पूर्वी सुर्खेतमा आफ्नो समुदायका युवती यौन दुव्र्यवहारको सिकार हुँदा राउटे अगुवा नभई अधिकारकर्मीहरु न्यायको ढोका ढक्याउन पुगेका थिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,