बैशाख १३ देखि १९ गतेसम्म पञ्चकोशी धार्मिक मेला हुँदै

सुर्खेत–यही बैशाख १३ देखि १९ गतेसम्म दैलेखको नाभिस्थानमा पञ्चकोशी धार्मिक पर्यटन मेला हुने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजना तथा दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा विहीबार आयोजित पत्रकार सम्मेलनमा मेलाबारे जानकारी दिइएको हो ।

दैलेखका स्थानीय तह, दानदाताबाट संकलित रकमले मेलाको सञ्चालन तथा व्यवस्थापन गरिने संस्थाका अध्यक्ष नविन योगीले बताए । उनका अनुसार मेलाबाट संकलित रकमले पञ्चकोशी क्षेत्रको इतिहास अभिलेख गरिनेछ । मेला अवधिभर स्कन्दनपुराण वाचन गरिनेछ । पुराण वाचनका लागि २१ वर्षीया वाचिका माता जी : कीर्ति किशोरी जीलाई आमन्त्रण गर्ने तयारी भइरहेको बताए ।

साथै मेलाले जलजले क्षेत्रमा अन्वेषण सफल भएको पेटोलियम उत्खनन् कार्य सुरु गर्न सरकारलाई दबाब समेत दिइने आयोजकको भनाई छ । सरकारले उक्त क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक मूल्यमान्यता र अस्तित्व नमेटिने गरी पेटोलियम उत्खननको काम तत्काल थाल्नु जरुरी छ, अध्यक्ष योगीले भने । त्यस्तै, संस्थाका सचिव बखतबहादुर नेपालीले नेपाल भारत नागरिक मैत्री संस्थाको समन्वयबाट मेलामा भारतीय पर्यटक भित्र्याउने तयारी भइरहेको जानकारी दिए ।

दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देवकुमार बिसीले पञ्चकोशी क्षेत्र दैलेख जिल्लामात्र नभई कर्णाली र नेपालकै गौरव भएकाले उक्त क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रर्वद्धनका थुपै्र कामहरु गर्न आवश्यक रहेकाले स्वतस्फूर्त रुपमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,