डा केसीको ‘स्वस्पर्श’ सार्वजनिक

सुर्खेत– बालरोग विशेषज्ञ डा नवराज केसीले दोस्रो पुस्तक स्वस्पर्श बजारमा ल्याएका छन् । ससाना बालबालिका र युवाहरुमा आत्महत्याको घटनाले द्रवित डा केसीले फेरि यस्तो देख्नु नपरोस् भनी अध्ययन, अनुसन्धान, बुद्ध र विज्ञानसहितका कथाहरु जोडेर यो कृति लेखेका हुन् ।

स्वस्पर्शमा आशा, प्रेरणा र खुसीका कथाहरु समेटिएका छन् । डा केसीको पहिलो पुस्तक ‘शून्यको मूल्य’ २०७९ सालमा प्रकाशित भएको थियो । स्वस्पर्श पुस्तकमा बुद्ध, विज्ञा र बुद्धु अध्यायमा जंगबहादुर र दुःखचाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे ः बीउखसीको कथा, अध्याय दुईमा एक जोडी बाआमाको कथा, ध्यार गाउँले, सानी नानी र अध्याय तीनमा स्वशिष्य, स्वशिक्षक र स्वनिर्माणका पात्रका कथाहरु समावेश छन् ।

‘यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे छन् । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन्,’ लेखक डा केसीले भने, ‘दुखपरिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग र स्नेहका विषयस्तुमा कथालाई केन्द्रित गरेको छु ।’

पुस्तकको विमोचन शनिबार लेखक केसीका आमा, मामा र उनका छोराले गरेका थिए । सो अवसरमा लेखक सुविन भट्टराईले स्वस्पर्श किताबमा समावेशमा भएका पात्रहरुको छुट्टै किताब बन्ने बताए । उनले भने, ‘किताबको निष्कर्षमा भने आफूभित्रको माया अरुलाई बाँड्ने बाडौं भन्ने हो ।’ एसओएस हर्मन माइनरका प्रिन्सिपल हरिहर बस्नेतले स्वस्पर्श पुस्तक आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार रहेको टिप्पणी गरे ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,