मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री नियुक्त, बुधबार सपथग्रहण

सुर्खेत- मुगुका मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले मंगलबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनको पक्षमा नेकपाका १४ र नेकपा एमालेका ९ गरी २३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।

यसअघि नेकपा एमालेका नेता यामलाल कँडेलले गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, सभामुखसहित एमालेका १० र राप्रपा एक जना सदस्य छन्। नवनियुक्त मुख्यमन्त्री शाहीको सपथग्रहण बुधबार हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित शाहीले २०४५ सालमा अनेरास्ववियुमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनी नेकपा एमाले हुँदै जनयुद्धकालमा तत्कालीन माओवादी आन्दोलनमा सक्रिय बने। उनले जिल्ला सचिव, जिल्ला इन्चार्ज तथा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारको प्रारम्भिक कार्यकालमा उक्त मन्त्रालयको नेतृत्व गरेका थिए।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,