रुसी सेनामा भर्ती भएका ४० नेपाली अस्ताए

सुर्खेत– रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ । परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो ।


सन् २०२२ फेबु्रअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । रुस मामिलामा परराष्ट्र मन्त्रालयले कुनै पनि जानकारी दिन छाडेको छ । मस्कोस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्रालयको निर्देशनपछि नेपालीहरुको सम्बन्धमा सूचना प्रवाह गर्न छाडेको छ । दूतावासका कर्मचारीहरु प्रेससँग सम्पर्कमै आउन चाहदैनन् ।

अर्कोतर्फ रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् । परराष्ट्र मन्त्रालय र दूतावासको सहकार्यमा उनीहरुलाई घर फर्काइएको हो । नेपाल सरकारद्वारा पटक–पटक रुससँग कुटनीति संवाद गर्दै नेपालीहरुको विषयमा चासो राख्दै आइरहेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत साता नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभले रुसी सेनामा नेपालीहरु भर्ती सम्बन्धमा बोलाएर सोधपुछ गरेका थिइन् । उक्त अवसरमा राणाले रुसी सेनामा कति नेपाली छन्, मृत्यु हुनेको क्षतिपूर्ति, नेपालीहरुलाई फिर्ता पठाउने, नेपालीको शवलाई नेपालमा ल्याउने लगायतका विषयमा कुरा गरेकी थिइन् । परराष्ट्र स्रोतका अनुसार जवाफमा राजदूत नोभिकभले अहिले आफ्नो मुलुकमा युद्ध चलिरहेको र त्यस विषयमा आफ्नो विदेशमन्त्रालय नभई रक्षा मन्त्रालयले हेरिरहेको जवाफ दिएका थिए ।

यसैबीच रुसी सेनामा भर्ती भई अहिले ७ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसरी कब्जामा परेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने र मदन दाहाल (जिल्ला खुलेको छैन) छन् । उनीहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म उक्त पहल सफल हुन सकेको छैन ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,