प्लस साइजको शाखा सुर्खेतमा पनि

सुर्खेत– लोकप्रिय ब्रान्ड प्लस साइज नेपालको एघारौँ शाखा सुर्खेतको जुम्ला रोडमा सञ्चालनमा आएको छ । नेपालभर शाखा विस्तार गरिरहेको प्लस साइज नेपालले शनिबारदेखि सुर्खेतमा शाखा विस्तार गरेको हो ।


शाखा उद्घाटन सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवाली गरिन् । उद्घाटन कार्यक्रममा जेसिस सुर्खेतकी पूर्व अध्यक्ष सिया कार्की, युएनडिपी प्रतिनिधि क्यारिना श्रेष्ठ, युएनएफओ प्रतिनिधि सिर्जना कार्की, नेपाल जेसीसको राष्ट्रिय उपाध्यक्ष सिता भण्डारी, केनरोङकी प्रथम महिला अध्यक्ष कल्पना विष्ट र फिटनेस एक्सपर्ट केशव थापा लगायतको उपस्थिति रहेको थियो ।

एउटै कपडा ७ वटा भन्दा धेरै साइजमा बनाइरहेको प्लस साइज नेपाल, नेपाली प्लस साइज ग्राहाकहरुमा निकै प्रख्यात रहेको छ । प्लस साइज नेपालले पूर्वमा धरान, बिर्तामोड देखि पश्चिममा बुटवलसम्म शाखा सञ्चालन गरिरहेको छ । डेलिभरी सर्भिस नेपालभर भई रहेता पनि प्लस साइज नेपालको शाखा देशभर ११ वटा रहेको छ । प्लस साइज नेपालले सम्पूर्ण सोसल मिडिया र एप्समार्फत अनलाइनमा आफ्नो उपस्थिति देखाइरहेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,