कर्णालीमा कांग्रेस–एमाले बैठक : राष्ट्रियसभामा आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिल

सुर्खेत– कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन मतदातासंग आग्रह गरेका छन् ।

एमाले केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा दुई दलका प्रदेशस्तरका नेताहरुको बैठकले माघ ११ गते वीरेन्द्रनगरमा हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुलाई आग्रह गर्ने निर्णय गरेको हो । साथै बैठकले आफ्ना सबै मतदातालाई मतदानका दिन समयमै उपस्थित हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा तथा काँग्रेसको तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।

कर्णाली प्रदेशमा अन्य कलष्टरबाट कांग्रेसका ललितजंग शाही र महिला कलष्टरबाट एमालेका मिनासिं रखालको उम्मेदवारी छ । शाही कांग्रेस पार्टी प्रदेश सभापति हुन् भने रखाल एमालेको केन्द्रीय सदस्य र पूर्व प्रदेश सांसद हुन् । त्यस्तै बुधबार नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेदवारी दिएको छ । सो पार्टीबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतारा शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाता रहने व्यवस्था छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ । कर्णालीमा १९८ मतदाता रहेकामा कुल ५ हजार १२२ मतभार रहेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,