हिल्सा–सिमकोट सडकको अवलोकन गरी फर्कियो चिनियाँ टोली

अर्थमन्त्री विष्णु पौडेलले हुम्लाको सिमकोटदेखि चीनको सिमाना हिल्सासम्मको सडक दुई लेनको स्तरोन्नति गर्न आग्रह गरेलगत्तै चिनियाँ पक्षले स्थलगत अनुगमन गरेको छ । नाम्खा गाउँपालिकाद्धारा आयोजित समन्वय बैठकमा सहभागी हुन आएको चिनियाँ टोलीले सिमकोट–हिल्सा सडक खण्डमा रहेको कडा चट्टानी क्षेत्र च्याछहराको स्थलगत अनुगमन गरी फर्किएको हो ।


गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले चीनको पुलान काउण्ट्रीको ताक्लाकोटको प्रतिनिधिमण्डलले च्याछहरामा निर्माणाधीन सडकको स्थलगत अवलोकन गरेको जानकारी दिए । हाल उक्त खण्डमा चट्टान विष्फोट गर्ने कार्य भइरहेको छ । चिनियाँ टोलीले सडकको निर्माण पक्षबारे चासो राखेको थियो ।

स्थानीय प्रशासनका प्रमुख डुनजुले गरेको चिनियाँ टोलीको नेतृत्वमा सुरक्षा, भञ्सार, अध्यागमनका प्रमुखहरुको सहभागिता थियो । त्यस्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल, चार वटै सुरक्षा निकायका प्रमुखहरु, गाउँपालिका उपाध्यक्ष तकदिर लामा, निमित्त प्रशासकीय अधिकृत मोहनबहादुर शाही लगायतको टोली थियो ।
नेपाल सरकारले औपचारिक रुपमा सिमकोट हिल्सा सडकलाई स्तरोन्नति गरी दुई लेनको बनाउन औपचारिक अनुरोध गरेको पाँचौं दिनमा चिनियाँ टोलीले सडक खण्डको अवलोकन गरेको हो ।

अघिल्लो विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,