सुर्खेत- नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

हमाल महासंघको स्थायी कमिटी सदस्य समेत हुन् । त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संस्थापक उपाध्यक्ष भएर चार वर्षे कार्यकाल पुरा गरिसकेका छन् । साथै उनी हाल एन्फा कर्णाली प्रदेशको अध्यक्षको समेत जिम्मेवारीमा छन् ।
महासंघको उपाध्यक्षमा डम्बरबहादुर शाही र पूर्णबहादुर शाही, सचिवमा शशिराम विश्वकर्मा, उपसचिवमा भक्तबहादुर शाह र रेखा बुढा, कोषाध्यक्षमा जगतप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् । भूगोल सदस्यहरुमा उमेश कार्की, तिलक बुढा, दिलिप चौंलागाई, जयबहादुर बुढा, नविन सिंह, बलबहादुर फडेरा, दिपक मल्ल, सुदिप शाही, रमेश नेपाली र सन्तोष शाही रहेका छन् । त्यस्तै खुला सदस्यमा जगदिश विस्ट, मानबहादुर रावत, भुपेन्द्र विक, महेश धराला, तिलक वादी, ललितजंग कार्की, भीमबहादुर शाही, निशा किरण राना, जानकी तारामी मगर, उर्गेन तेन्जिङ लामा सर्वसम्मत चयन भएका छन् ।
खेलकुद महासंघको प्रदेश अधिवेशन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार उद्घाटन गरेका थिए । नेपाल खेलकुद महासंघ नेकपा एमालेको जनवर्गीय संगठन हो ।


कर्णाली समय । १९ श्रावण २०८२, आईतवार ११:३२