राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

सुर्खेत- राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको सोमबार बराहताल गाउँपालिका–८ सोतखोलास्थित बस्तीमै मृत्यु भएको हो ।

अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको बताइएको छ । उनी केही दिनदेखि बिरामी थिए । बिरामी हुँदा पनि फिरन्ते राउटे समुदाय उपचार गराउन अस्पताल जान मान्दैनन् । रास्कोटी समूहका उनी २०७२ जेठदेखि मुखियाको जिम्मेवारीमा थिए । सूर्य नारायण नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनारा हुँदै श्रीचौर नजिकै पुगेका थिए ।

मुखियाको मृत्युसंगै अब राउटेको संख्या १३५ मा झरेको छ ।