यस्तो बन्यो मानव अधिकार तथा शान्ति समाज सुर्खेतको नयाँ टिम

सुर्खेत- मानव अधिकार तथा शान्ति समाज, सुर्खेत शाखाको सभापतिमा सेतुराम पाण्डे निर्वाचित भएका छन्। शाखाको २६औँ साधारणसभा आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो।

साधारणसभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। नयाँ कार्यसमितिको उपसभापतिमा दानबहादुर रोकाय, सचिवमा रेशमबहादुर भण्डारी, सहसचिवमा महेन्द्र थापा र कोषाध्यक्षमा प्रेमकिरण विश्वकर्मा निर्वाचित भएका छन्। सदस्यहरूमा लक्ष्मी थानी, टंक रिजाल, कुमारी विन्द्रा बडुवाल, ज्योती पौडेल, कृष्णाकुमारी शाही, प्रमिला नेपाली, सरोज हमाल, उमेश खड्का, बसन्ताकुमारी कार्की र लक्ष्मी गौतम निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले चार जना आजीवन सदस्यलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ। मनोनित हुनेमा बसन्ताकुमारी कार्की, लक्ष्मी गौतम, उमेश खड्का र सरोज हमाल रहेका छन्। नवनिर्वाचित सभापति पाण्डेले मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा शान्ति स्थापनाका लागि शाखाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र शान्तिका पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,