एमाले कर्णाली प्रदेश अधिवेशन : भदौ ३० गते एकैसाथ ६५० प्रतिनिधि छनौट हुने

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारीमा जुटेको छ । प्रदेश कमिटीको बुधबार बसेको कार्यालय बैठकले प्रतिनिधिको संख्या, छनौटको आधार र मापदण्ड टुंगो लगाएको हो ।

एमालेको प्रदेश अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरस्थित सिटीहलमा हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । कार्यालय बैठकले अधिवेशन भव्यताका साथ सफल पार्न प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश अध्यक्ष शाहका अनुसार अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधि छनौट भदौ ३० गते एकैसाथ गरिनेछ । भूगोलतर्फ १०० पार्टी सदस्य बराबर १, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट हुनेछन् । त्यस्तै एक तिहाई महिला प्रतिनिधि छनौट गर्नुपर्नेछ । प्रतिनिधि छनौटका लागि पालिका, दलिततर्फको लागि प्रदेश निर्वाचन क्षेत्र रहने र दलित पार्टी सदस्यले भूगोल वा दलितमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् । प्रतिनिधि छनौटको व्यवस्थापन भूगोलका लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । एमालेको प्रदेश अधिवेशनमा २० वटा जनवर्गीय संगठनको समेत प्रतिनिधित्व रहेनछ ।
लोगो सार्वजनिक
प्रदेश प्रचार तथा प्रकाशन विभागद्धारा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले प्रथम प्रदेश अधिवेशनको नारा र लागो सार्वजनिक गरे । दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं भन्ने नाराका साथ सम्पन्न हुने अधिवेशनका लागि सूर्य चिन्ह, कांक्रेविहार र रारा अंकित तस्बिरसहितको लोगो निर्माण गरिएको छ ।
लुम्बिनीको अधिवेशनलाई गुटगत रुपमा चर्चा गर्न मिल्दैन : इञ्चार्ज भट्ट
पत्रकार सम्मेलनमा एमाले प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले लुम्बिनी प्रदेशमा सम्पन्न भएको अधिवेशनमा कुनै नेताको गुटका रुपमा नभई जनताको बहुदलीय जनवादको अभ्यास गरिएको बताए । निर्वाचनमा हुँदैमा गुट वा उपगुट भनेर बुझ्न नहुने उनको भनाई थियो । इञ्चार्ज भट्टले प्रदेश कमिटीमा १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको समेत जानकारी दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,