कर्णाली प्रदेश योजना आयोगमा पदाधिकारी नियुक्त, उपाध्यक्षमा कृषि विज्ञ योगी

सुर्खेत– कर्णाली प्रदेश मन्त्रिपरिषद्ले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कृषि विज्ञ सूर्यनाथ योगीलाई नियुक्त गरेको हो ।

दुल्लू नगरपालिका १० गमौडी स्थायी ठेगाना भएका उनी हाल वीरेन्द्रनगर ४ भैरवस्थानमा बस्छन् । नेपाल सरकारको सेवानिवृत्त उपसचिव उनीसंग लामो समय विभिन्न जिल्लामा कृषि विकास कार्यालयको प्रमुख भएर काम गरेको अनुभव छ । पछिल्लोपटक उनी योगी नरहरिनाथ शिक्षालयका प्रमुखका रुपमा कार्यरत थिए ।

त्यस्तै आयोगका सदस्यहरुमा रास्कोट नगरपालिका ३ कालीकोटका अशोकनाथ योगी र मुगुको छायाँनाथ रारा नगरपालिका ५ का डम्मरबहादुर रावललाई नियुक्त भएका छन् । उपाध्यक्ष र सदस्य रावल एमाले तथा सदस्य योगी कांग्रेस कोटाबाट सिफारिस भएका हुन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,