प्रदेशस्तरीय प्रतिभा पहिचानमा हुम्लाका सन्तोष र आकाश प्रथम

सुर्खेत- प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा हुम्लाका विद्यार्थी सन्तोष शाही र आकाश शाही प्रथम भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मानसरोवर मावि हुम्लाका विद्यार्थीद्धयले पहिलो स्थान हासिल गरेका हुन् ।

उनीहरुलाई नगद ३५ हजार र प्रंशसापत्र प्रदान गरियो । कार्यक्रममा १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक जिल्लाबाट एक विद्यालयका दुई विद्यार्थी र एक शिक्षक संरक्षक सहभागी भएका थिए । दोस्रो स्थान कर्णाली मावि अनामनगर जुम्लाले प्राप्त गर्दै ३० हजार रुपैयाँ जितेको छ भने तेस्रो स्थान सुर्खेतको सिद्धार्थ पाठशालाले हासिल गरेर २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सान्तवना पुरस्कारको रुपमा सल्यानको त्रिभुवन जनता मावि लाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रममा निर्णायकको भूमिकामा शिक्षाविद् युवक ओली, लोकेन्द्र सुवेदी र नरेन्द्रप्रसाद भट्ट रहेका थिए । शिक्षा विकास निर्देशक दिपा हमालका अनुसार प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञान र प्रविधिप्रतिको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई अभिव्यक्त गर्न सहयोग पु¥याएको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विज्ञान र प्रविधिप्रतिको विद्यार्थीहरूको रुचि, सिर्जनशिलता र नवप्रवर्तन क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै कार्यक्रममा सहभागी विद्यार्थीहरू, शिक्षकहरुलाई प्रोत्साहनस्वरूप जनही ४ हजार रुपैयाँको नगद पुरस्कार पनि प्रदान गरिएको छ । शिक्षा विकास निर्देशनालयले यस किसिमको प्रदर्शनीले विद्यार्थीहरूबीच आपसी सञ्जाल विस्तार, अनुभव आदान–प्रदान र सिकाइको नयाँ आयाम सिर्जना गर्ने अपेक्षा व्यक्त गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,