जुम्लाका माधव चौलागाई मन्त्री बन्दै

 

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन तथा वातावरण, भण्डारीलाई श्रम र इङ्नाम भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।

 

चौथोपटक विस्तार भएपछि १४ सदस्यीय हुने भएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,