कर्णाली प्रदेशसभा : प्रतिपक्षीविहिन हुँदा बैठक स्थगित

५ जेठ, सुर्खेत– सोमबार कर्णाली प्रदेशसभाको चालू अधिवेशनको छैटौँ बैठक आव्हान गरिएको थियो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्णालीका सडकका बारेमा सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने, मुख्यमन्त्री यामलाल कँडेलले महालेखाको सातौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची थियो । दिउँसो ३ बजेका लागि तय गरिएको बैठक सभामुख नन्दा गुरुङले प्रारम्भ गरिन् । तर, संसदमा फरक दृश्य देखियो । प्रतिपक्ष बेञ्च खाली थियो ।

मध्यपहाडी राजमार्ग अभियानका क्रममा सुदुरपश्चिमबाट कर्णाली प्रवेश गरेका आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको स्वागतमा माओवादी केन्द्रका सांसदहरु दैलेख–जाजरकोटतर्फ उक्लिएका थिए । कर्णालीमा माओवादीका १३, राप्रपा र एकिकृत समाजवादीका १÷१ जना सांसद गरी प्रतिपक्षमा १५ जना सांसद छन् । राप्रपाकी सांसद सन्तोषी शाही बिरामी रहेको र एकिकृत समाजवादीकी सांसद कल्याणी खड्का गृह जिल्ला रुकुम पश्चिम गएका प्रतिपक्षी बेञ्च खाली हुन पुग्यो ।

माओवादी सांसदहरु उपस्थित नभएपछि सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक कांग्रेस सचेतक विष्टले संसदमै माओवादीप्रति रोस प्रकट गरे । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय सहमति भएको विषयलाई माओवादीले नजरअन्दाज गरेपछि विष्टले आक्रोश व्यक्त गरे । उनका अनुसार प्रतिपक्षी दल माओवादीका तर्फबाट सांसद मिलन खड्काले हस्ताक्षर गरेकी थिइन् । ‘सर्वदलीय सहमति जुटेर कार्यसूचीमा प्रवेश गरेको विषयमा छलफल हुने दिन प्रतिपक्षको बेञ्च खाली देख्दा अचम्म लागेको छ । मेरो विचारमा यो दुर्लभ अभ्यास हो । यदि उपस्थिति नहुनुपर्ने थियो भने हिजो किन सहमति गरेको हो ?’ संसद जस्तो गरिमामय थलोलाई आफूअनुकूल चलाउन खोज्नु थितिविपरीत भएको सांसद विष्टको दाबी थियो ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,