सिद्धार्थ सनि रिर्सोटमा ‘हेल्थ क्लब’

सुर्खेत– वीरेन्द्रनगर ३ हिलेखालीस्थित सिद्धार्थ सनि रिर्सोटले अत्याधुनिक प्रविधिसहितको हेल्थ क्लबको सञ्चालन गरेको छ । रिर्सोटले शनिबारदेखि हेल्थ क्लबको शुभारम्भ गरेको हो ।

हेल्थ क्लबमा ग्राहकहरुले अत्याधुनिक उपकरणसहितको जिमखाना, सावना स्टिम बाथ लगायतको सेवा लिन सक्नेछन् । हेल्थ क्लबको उद्घाटन गर्दै मिस्टर धर्मश्री मिस्टर बुल्सम्यान मिलन विक्रम सिजापतिले शारिरीक सुगठनका लागि जिमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म जिम गर्नाले शारिरीक स्फूर्ति हुने बताउनुभयो ।

यस्तै सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले होटलमा आउने ग्राहकको सेवामा कुनै सम्झौता नगरी हेल्थ क्लब सञ्चालन गरिने प्रष्ट पारे । हेल्थ क्लबको शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, आन्तरिक राजस्व कार्यालय सुर्खेतका सूचना अधिकारी चक्रप्रसाद ढुंगाना, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल लगायतको सहभागिता थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,