अन्ततः नगरपालिकाले चलायो डोजर

सुर्खेत– सुर्खेत उपत्यका नगर विकास समिति मातहतको जग्गामा बनाइएका संरचना हटाउन अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिकाले अन्ततः डोजर चलाएको छ । बुधबार बिहान ११ बजेसम्म व्यवसायीकै अनुरोधमा सामान सार्न समय दिएको नगरपालिकाले त्यसपछि पनि संरचना खाली नगरेपछि डोजर चलाएको हो ।

वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा रहेका संरचनामाथि डोजर लगाई संरचना खाली गराउन थालेको हो । नगर विकास समितिले माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरुलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचनाको समयसीमा फागुन २३ गते सकिएको थियो । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो ।

तर, व्यवसायीहरु संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले लगाएको डोजरमा ढुंगामुढा गरेपछि केहीबेर उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । पसलमा डोजर चलाउन थालेपछि व्यवसायीले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । व्यवसायीको ढुङ्गा प्रहारबाट नगरपालिकाको डोजरको सिसा पूर्ण रुपमा फुटेको छ भने चालक लगायतका तीन जना कर्मचारी घाइते भएका छन् । उक्त क्षेत्रमा १२५ साना व्यवसायले व्यवसाय सञ्चालन गरिरहेका थिए ।

नगरपालिका कर्मचारीमाथि ढुंगामुढा हुँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै प्रहरीको आलोचना भएको छ । एकातिर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गाको संरक्षण गर्न, त्यहाँ बनाइएका संरचना खाली गर्न परिपत्र पठाएको अवस्था छ भन अर्कोतिर सार्वजनिक जग्गा संरक्षण गर्न कानून अनुसार अघि बढ्न खोज्दा प्रहरी प्रशासनले असहयोग गरेको नगरपालिकाले असन्तुष्टि व्यक्त गरेको छ । वीरेन्द्रनगरको सकारात्मक अभियानलाई सहयोग गर्नुका साटो बेथिति र अराजकतालाई प्रश्रय दिन मद्दत गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरी प्रशासनको आलोचना भएको छ ।

नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरेपनि अटेर गरिरहेकाले नगरपालिकाले एक्सनमा उत्रिनुपरेको बताइन् । उनका अनुसार उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,