युवा, महिला र विचारको प्रतिनिधिः एमाले केन्द्रीय सदस्यमा कञ्चनपुरकी कमलाको उम्मेदवारी

काठमाडौं । कञ्चनपुरको माटोले कमलालाई सामान्य छोरीका रूपमा मात्र जन्माएको होइन, उसले एक चेतना, एक अभियान र एक आन्दोलनको रूप दिएको छ । समाजले छोरीलाई घरको चौघेराभित्र सीमित गर्न खोज्दा कमलाले त्यही सीमाना तोड्दै प्रश्न गर्न थालिन—किन ? किन छोरी बाहिर निस्कन नहुने ? किन अभाव, अन्याय र भोकमरी सधैं एउटै वर्गको भाग्य बन्ने ?

यही प्रश्नले उनलाई विद्यार्थी राजनीतितर्फ डो¥यायो । अनेरास्ववियुको राजनीतिमा जोडिँदै उनले केवल पद होइन, विचार बोकिन् । संगठनलाई बुझ्ने मात्रै होइन, संगठनमार्फत समाज बुझ्ने र बदल्ने यात्रामा उनी लागिन् । विद्यार्थी आन्दोलनको मैदानबाटै उनी नेतृत्वको कठोर पाठ सिक्दै अघि बढिन् ।

कलिलै उमेरमा १०औँ राष्ट्रिय महाधिवेशन (सौराह) बाट नेकपा (एमाले) जस्तो देशकै प्रमुख राजनीतिक शक्तिको केन्द्रीय सदस्य बन्नु सामान्य घटना थिएन । त्यो उपलब्धि संघर्ष, लगनशीलता र क्षमताको सार्वजनिक स्वीकृति थियो । युवा, महिला र नयाँ पुस्ताको आवाज केन्द्रीय राजनीतिमा पु¥याउने प्रतीक बनेर कमला स्थापित भइन् ।

आज उनी फेरि एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा खुला महिला तर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् । निरन्तरताको यो यात्रा पदको लोभ होइन, अधुरा सपना पूरा गर्ने जिम्मेवारीको निरन्तरता हो । युवाका मुद्दा, महिलाको आवाज र पुस्ताको अपेक्षा अझै संस्थागत गर्न बाँकी रहेको उनको ठम्याइ छ ।

कमलाको राजनीतिक दृष्टिकोण स्पष्ट छ । राष्ट्रियता, स्वाभिमान र संविधानको सवालमा उनी कुनै सम्झौताको पक्षमा छैनन् । यही कारण अध्यक्ष केपी शर्मा ओलीप्रति उनको समर्थन दृढ देखिन्छ । उनका लागि ओली केवल पार्टी नेता होइनन्, कठिन समयको निर्णायक नेतृत्व हुन्—जो दलका लागि मात्र होइन, देशका लागि आवश्यक छन् ।

आज मुलुक राजनीतिक अन्योल, दिशाहीनता र बाह्य दबाबको चपेटामा परेको बेला कमला जस्ता अनुशासित, वैचारिक र संघर्षबाट खारिएका युवा नेतृहरूको आवश्यकता झन् बढेको छ । जेनजी आन्दोलनले उठाएका प्रश्नहरूलाई भावनामा होइन, नीति, सिद्धान्त र जिम्मेवारीमा रूपान्तरण गर्न सक्ने नेतृत्वको खोजी भइरहेको बेला उनी विकल्प होइन, आवश्यकता बनेर उभिएकी छन् ।

कमलाको उपस्थिति केवल महिला प्रतिनिधित्वको विषय होइन । यो पुस्तान्तरणको सन्देश हो, राजनीतिमा अनुशासन र विचारको पुनस्र्थापना हो । उनी एमालेको केन्द्रीय कमिटीमा पुगेमा त्यो एउटा व्यक्तिको जित मात्र हुनेछैन—त्यो युवा, महिला र संघर्षशील पुस्ताको आत्मविश्वासको जित हुनेछ ।

कञ्चनपुरको माटोबाट उठेकी कमला आज केन्द्रको राजनीतिमा केवल देखिन चाहँदैनन्, दिशा दिन चाहन्छिन् । त्यसैले यो महाधिवेशनमा एमालेको केन्द्रीय नेतृत्वमा कमलाको उपस्थितिले पार्टीको राजनीति अझ गहिरो, अझ जिम्मेवार र अझ भरोसायोग्य बन्ने अपेक्षा गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,