वीरेन्द्रनगर र एमयूबीच भएको समझदारीपत्रमा के छ ?

सुर्खेत– नगरपालिका क्षेत्रका विपन्न र सिमान्तकृत विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुव कुमार गौतमले हस्ताक्षर गरे । मंगलबार भएको समझदारी पत्रमा नगरभित्रका विद्यालयको शैक्षिक उन्नयन र नवप्रद्र्धनात्मक सिकाइका लागि विश्वविद्यालयले सहयोग गर्ने उल्लेख गरेको छ । सम्झौताको अवधि ४ वर्षको छ ।

‘थिंक ट्यांक’को रुपमा रहेको विश्वविद्यालयले नगरपालिका क्षेत्रको सामाजिक अनुसन्धान र ज्ञानको दायरा पहिचान गर्ने, अनुसन्धान गर्ने र उक्त अनुसन्धानको निष्कर्ष नगरको विकासका लागि उपयोग गर्ने नगर प्रमुख ढकालले जानकारी दिइन् । उनका अनुसार नगर क्षेत्रमा नै रहेको विश्वविद्यालयबाट नगरबासी समेत लाभान्वित होउन भनेर समझदारी गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालय बीच यी बुँदामा समझदारी पत्रमा हस्ताक्षर भएको छः

१. सार्वजनिक सेवा र समसामयिक बिषयमा अध्ययन अनुसन्धान र प्रकाशन सम्बन्धी कार्यहरु

२. बैकल्पिक उर्जा र वातावरणीय सुधारका कार्यक्रमहरु गर्न

३. सामाजिक जनचेतनाका लागि बिभिन्न कार्यक्रमहरु गर्न

४. तालिम, गोष्ठी लगायतका क्षमता विकास कार्यक्रमहरु गर्न

५. स्थानीय बस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन सम्बन्धी कार्यहरु गर्न

६. भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन सम्बन्धी कार्यहरु गर्न

७. मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतहरूमा सहयोग, आदानप्रदान र सहकार्य गर्न

८. सीमान्तकृत र लछित वर्ग समुदायका लागि छात्रवृत्ति प्रदान गर्न

९. स्थानीय ज्ञान, सीप, प्रविधि र सस्कृतिको खोजी तथा प्रवद्र्धन सम्बन्धी कार्यहरु गर्न

१०. पालिका मातहतको विद्यालय शिक्षा सुधारमा सहकार्य गर्न

११. स्थानीय महत्त्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरु गर्न

दुवै निकायबीच भएको सहमति चार वर्षको रहेको र थप नवीकरण गर्न सकिने उल्लेख छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,