सुर्खेत- सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले आफ्नो २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सोमबार विहान सुर्खेतस्थित प्रशान्ती बृद्ध आश्रममा आश्रित जेष्ठ नागरिकलाई भोजन गराइएको सिद्वार्थ ग्रुप अफ हस्पिटालिटिअन्तर्गत सिद्वार्थ शनि रिसोर्ट सुर्खेतका म्यानेजर बद्री कोइरालाले जानकारी दिए । होटल स्थापना दिवसको अवसरमा आफ्ना ग्राहकलाई साताभर २५ प्रतिशत छुट दिने भएको छ । होटलले साकार अन्तर्गत विभिन्न सामाजिक गतिविधि समेत सञ्चालन गरेको छ।
२५ वर्ष अघि स्थापना भएको सिद्वार्थ ग्रुप अफ हस्पिटालिटीले सुर्खेत सहित केन्द्रिय राजधानी काठमाण्डौ, चितवन, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा लगायत देशका प्रमुख शहरहरुमा आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

कर्णाली समय । २३ माघ २०७९, सोमबार २०:२६